काठमाडौँ, वैशाख ५ । ललितपुरको पाटन अस्पतालमा पनि पिसिआर परिक्षण हुने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत आजबाट पाटन अस्पतालमा पनि पिसिआर परिक्षण मेसिन जडान गरिएको जानकारी दिएका हुन् ।
यससँगै नेपालमा १४ स्थानबाट पिसिआर परिक्षण हुने भएको छ । यसअघि १३ स्थानबाट परिक्षण हुँदै आएको थियो ।
त्यस्तै सरकारले देशका विभिन्न जिल्लाहरुमा ३० हजार संख्यामा स्वास्थ्य सामाग्रीहरु थप पठाइएको जानकारी दिएका छन् । सरकारले प्रारम्भिक चरणमा प्रत्येक जिल्लामा ५ हजार स्वास्थ्य सामाग्री पठाएको थियो । सरकारले प्रत्येक जिल्लालाई हुने गरि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयमा थप सामाग्री पठाएको जानकारी दिएका छन् ।