
काठमाडौँ, वैशाख ५ । कोरोनाभाइरसको डरले अन्य आधारभुत सेवाहरु समेत अवरुद्ध गर्ने स्वास्थ्य संस्थाहरुलाइ तत्काल सेवा सुचारु गर्न सरकाले निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको त्रासको नाममा आधारभुत स्वास्थ्य सेवा पनि अवरुद्ध गर्ने स्वास्थ्य संस्थालाई तत्काल सेवा सुचारु गर्न आग्रह गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयमार्फत दिइँदै आएको नियमित खोप सेवा,सुरक्षित मातृत्व सेवा, नवजात शिशु उपचार सेवा, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा, क्षयरोग, मलेरिया लगायत विभिन्न आधारभुत सेवाहरु अवरुद्ध भएको गुनासोमा मन्त्रालयको ध्यानाकर्षण भएको प्रवक्ता देवकोटाले बताएका छन् ।
हालै जारि गरिएको कोभिड–१९ को महामारी सम्बन्धमा कोभिड–१९ तथा अन्य स्वास्थ्य सेवा परवाहका लागि अन्तरिम निर्देशिकामा पनि उल्ल्ेख गरिएका र सोही अनुरुप हरेक स्थानीय तहमा भएका हेल्थ पोस्ट, प्राथमिक स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संस्थाहरुले नियमित रुपमा आधारभुत सेवा हरु प्रदान गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन रहेको जानकारी गराए । आधारभुत सेवाका लागि आवश्यक पर्ने उपकरण, औषधीहरु स्वास्थ्य सेवा विभागबाट उपलब्ध गराइने उनले बताए ।