प्रधानमन्त्री ओलीको निर्देशन –‘खान नपाए खाद्यान्न पुर्याउनु तर हिँडेर घर जान नदिनु’

दियो पोस्ट  

काठमाडौँ, वैशाख ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारण हिँडेर घर जाने सर्वसाधारणहरुलाई रोकिन आग्रह गरेका छन् । लकडाउन लम्बिँदै गर्दा मानिसहरु हप्तादिनसम्म हिँडेर भएपनि गाउँ जाने क्रम बढेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर छलफल गरेका हुन् ।

छलफलको क्रममा प्रधानमन्त्री ओलीले खान नपाएर गाउँ फर्किएकाहरुलाई तत्काल खाद्यान्नको व्यवस्था गर्न समेत निर्देशन दिएका छन् । छलफलमा सहभागी अन्य मन्त्रीहरुले पैदल यात्रुहरुलाई सवारीको व्यवस्था गरि घर पुर्याउने प्रस्ताव पेश गरेका थिए । तर प्रधानमन्त्री ओलीले उदारता देखाउन नहुने बताएका छन् ।

‘आवतजावत बन्द भनेपछि एक ठाउँबाट अर्को ठाउँमा जानेहरुलाई रोक्नुपर्छ’ उनले भनेका छन्, ‘यदि खान नपाएरै जान लागेका हुन् भने जहाँ बसेका छन्, त्यहीँ खाद्यान्न पुर्‍याउने व्यवस्था गर्नू ।’

उनले कोरोना परिक्षणलाई तीब्रता दिनका लागि समेत निर्देशन दिएका छन् ।

सिफारिस