संकटका बिच सरकारले जारि गरेको अध्यादेश ‘बेमौसमी बाँसुरी’ : काँग्रेस

दियोपोस्ट संवाददाता

काठमाडौँ, वैशाख ८ । कोरोनाको त्रास बिच प्रधानमन्त्री केपी ओली सरकारले जारि गरेको राजनीतिक दलसम्बन्धी (दोस्रो संसोधन) अध्यादेश प्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गम्भीर आपत्ती जनाएको छ । सोमबार नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले एक विज्ञप्ती जारि गदै सरकारले आपत्तीजनक र गैह्र जिम्मेवारी प्रवृत्ती देखाएको आरोप लगाएका छन् ।

सोमबार बसेको मन्त्रीपरिषद वैठकले संवैधानिक परिषद सम्बन्धी र राजनीतिक दल सम्बन्धी दुई अध्यादेश पारित गरेपछि प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको निर्णयको चर्को विरोध गरेको हो । आम सर्वसाधारण नागरिकको समस्यालाई सम्बोधन गर्न तर्फ लाग्न छोडेर सरकार व्यक्तिगत स्वार्थमा लागेको काँग्रेसको ठहर छ ।

‘कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेको छ । यस्तो बेलामा नेपाल सरकारले आज संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जे जारी गरेको छ त्यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको छ । दुबै अध्यादेशप्रति नेपाली काँग्रेसको गम्भीर असहमति छ’, देउवाद्धारा जारि विज्ञप्तीमा भनिएको छ, ‘ यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बांसुरी’ हो ।’

सम्बन्धित खबर

सिफारिस