
काठमाडौं, ९ वैशाख । पिसिआर विधिबाट परीक्षण गर्दा उदयपुरका ३३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबार उदयपुरका एक जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको बताए ।
यसअघि नेपालमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये चार जना उपचारपछि निको भएर घर फर्केका छन् । उपचाररत रहेका बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यसअघि केही सञ्चार माध्यमले उदयपुरमा ८ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको खबर फैल्याएका थिए ।