नियोजित रुपमा भाइरस फैलाएको भन्दै अमेरिकाद्धारा चिन सरकार बिरुद्ध मुद्धा दायर

दियो पोस्ट  

काठमाडौं, वैशाख १० । चिनले नियोजित रुपमा कोरोनाभाइरस (कोभिड–१९) फैलाएको भन्दै अमेरिकाले मुद्धा दायर गरेको छ । अमेरिकाको मिसौरी राज्यले चिनबिरुद्ध मुद्धा दायर गरेको हो । मिसौरीका महान्याधिवक्ता एरिट स्मिटले मंगलबार अमेरिकाकै अदालतमा चिनबिरुद्ध मुद्धा दायर गरेका हुन् ।

स्मिटले दायर गरेको मुद्धामा कोरोना फैलाएको चिनले उक्त भाइरस नियन्त्रणका लागि भने कुनैपनि कदम नचालेको र त्यसको कारण मिसौरीमा अर्बौँको क्षति भएको उल्लेख गरिएको छ । अमेरिकामा कोरोना भाइरस फैलिएपछि राष्ट्रपति ट्रम्पले समेत चिनतर्फ लक्षित गर्दै नियोजित रुपमा भाइरस फैल्याइएको संकेत गरेका थिए ।

भाइरसको बिषयमा अमेरिका र चिन एकअर्कालाई दोषारोपण गर्दै आएका छन् । चिनियाँ अधिकारीहरुले चिनमा अमेरिकाको कारण कोरोनाभाइरस देखिएको अभिव्यक्ति दिएका थिए । यद्यपी चिनमा भने कोरोना भाइरस करिब करिब नियन्त्रणको अवस्थामा पुगेको छ ।

मंगलबार दायर गरिएको मुद्दामा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र अन्य चिनियाँ अधिकारी तथा संस्थाहरुलाई विपक्षी बनाइएको छ ।