
काठमाडौँ, वैशाख १० । नेपालमा थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा गरिएको पीसीआर परिक्षणमा थप ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. विकास देवकोटाले २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको बताएका छन् । उनिहरुलाई अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिएको छ ।
यस्तै ७ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । डिस्चार्ज हुनेमा धनगढीको सेती प्रादेशिक अस्पतालका एक र टेकुका एक जना रहेका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । मंगलबार उदयपुरको भुल्केमै ११ जनामा कोरोना संक्रमण देखिएको थियो।