बुटवल, बैशाख १२ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न मानवीय समस्यामा सहजीकरण गर्ने उदेश्यले संविधानसभा सदस्य विनोद पहाडीको संयोजकत्वमा ‘‘कोभिड – १९ नागरिक सरोकार अभियान’’ गठन भएको छ । बुटवलमा शुक्रबार सम्पन्न नागरिक अगुवा तथा जिल्लास्थित सरोकारवालाहरुको बैठकले प्रदेश न. ५ लाई केन्द्रमा राखेर १ सय १ सदस्यीय अभियान समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा मानवअधिकारकर्मी गोविन्द खनाल (रुपन्देही), समुन्द्र जिसि (रुपन्देही), पदम बहादुर कार्की (पाल्पा), सारदा घिमिरे (रुपन्देही), पोम नारायण पौडेल (कपिलबस्तु, प्रेमनारायण अधिकारी (बर्दिया), निर्दोष अलि (अर्घाखाँची), कमला बिश्वकर्मा (गुल्मी), गोपी ज्ञवाली (नवलपरासी), रामराज पोखरेल (रुपन्देही), विक्रम खड्का (गुल्मी) रहेका छन ।
यसैगरि रीता बुढाथोकी (अर्घाखाँची), नारायण नागिला (रुपन्देही), मिना परियार (कपिलबस्तु), नरेन्द्र केसी (दाङ), मानसिङ बिक (रोल्पा), गणेश चिन्तन (रुकुम ), गोबिन्द ठटराई (रुपन्देही), सञ्जु परियार (रुपन्देही), नरबहादुर सुनार (रुपन्देही), सिराद्धिन खाँन (बाँके), पूजन विश्वकर्मा ( बाँके), सञ्जिव गहतराज –कपिलबस्तु), कृष्ण पंगेनी (रुपन्देही), विमलराज भट्टराई (रुपन्देही), रामदयाल ठाकुर (कपिलबस्तु) छन् । यस्तै गरि कृष्ण पराजुली (रुपन्देही), चित्र गुरुङ (रुपन्देही), रीमा बिसि (रुपन्देही), दुर्गा नेपाल रुपन्देही, लोकेन्द्र सुनार (प्यूठान) लगायत छन् ।
मानवीय सहयोग, सुचना र समन्वय गर्ने हेतुले (कोभिड १९) नागरिक सरोकार अभियानको निर्माण गरिएको संयोजक पहाडीले बताए । सरकार र नागरिकका बीचमा समन्व्य गर्ने साझा पहलका रुपमा अभियान संचालन गरिने उनको भनाई छ । आपत कालिन स्वास्थ्य उपचारबाट बञ्चित भएका नगरिकलाई उपचारमा सहयोग तथा सहजीकरण गर्ने, सरकार र सरोकारवालासँग समन्वय गरि सहजीकरणमा सहयोग गर्ने अभियानको उदेश्य रहेको अभियानका सदस्य गोविन्द खनालले बताए ।