नेपाल प्रहरीको प्रवक्तामा डिआइजी निरज बहादुर शाही !

दियोपोस्ट संवाददाता

काठमाडौं, १४ वैशाख । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका डिआइजी निरज बहादुर शाहीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता नियुक्त गरेको छ ।


प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि शाहीलाई उक्त जिम्मेवारीमा नियृुक्त गरिएको हो ।

डिआइजी शाही यसअघि प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीका प्रमुख थिए । उनी सिआइबीमा रहँदा कुनै उल्लेख्य कार्य गर्न नसकेको आरोप लाग्ने गरेको छ ।

सम्बन्धित खबर

सिफारिस