नेकपा सचिवालयमा चर्काचर्की : बैठक बिना निष्कर्श सकियो, अर्को बैठक २० गते बस्ने

दियोपोस्ट संवाददाता

काठमाडौं, १७ वैशाख । पार्टी विभाजनको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बहुप्रतिक्षित सचिवालयको बैठक सकिएको छ ।


केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा सकिएको बैठकले आगामी वैशाख २० गते पुन सचिवालयको बैठक बस्ने मिति तय गरेको छ । स्थायी समितिको बैठक बोलाउने विषयमा चर्को माग उठेपनि प्रधानमन्त्री केपी शर्मा ओली बैठक बोलाउन सहमत नभएपछि बिना निष्कर्श टुंगीएको हो । बैठकपछि प्रतिक्रिया दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले २० गते सचिवालयको बैठक बस्ने सहमति भएको जानकारी दिए ।


‘आज हाम्रो पार्टीको सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नु भएको स्थायी कमिटी बैठक र यससँग जेडिएका विविध पक्षबारे गम्भीर विचार विमर्श भयो र, छलफल जारी छ,’ बैठकपछि उनले भने, ‘यसबीचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक गृहकार्य अगाडि बढाउँदै यही २० गते पुनः सचिवालयको बैठक बस्ने निर्णय भएको छ । सचिवालयको बैठकले यी सबै विषयमा अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकतावद्ध ढंगले अगाडि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई पनि अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिनेछ । र, आवश्यक प्रस्तावहरु तयार गर्नेछ । त्यही बैठकले नै माग भइआएको स्थायी कमिटीको बैठक बारेमा पनि आवश्यक निर्णय गर्नेछ ।

सम्बन्धित खबर

सिफारिस