रनर मोटरसाइकलमा छुटैछुट : ६ वर्ष वारेन्टी, २१ हजार छुट्, फ्रि सर्भिसिङ्ग !

रनर मोटरसाइकलमा छुटैछुट : ६ वर्ष वारेन्टी, २१ हजार छुट्, फ्रि सर्भिसिङ्ग !

काठमाडौं, २९ चैत्र । बंगलादेश को प्रतिष्ठित ब्राण्ड रनर मोटरसाईकलले नेपाली नयाँ वर्षलाई लक्षित गरी ’नयाँ वर्ष नयाँ डिस्काउन्ट अफर’ ल्याएको छ । कोरोनाको कहरपछि केही सामान्य हुँदै आएको नेपाली अटो बजारलाई थप उर्जा प्रदान गर्न रमण मोटर्सले प्रत्येक रनर मोटरसाईकलको खरिदमा सिधै नगद रु २१,००० छुट दिने भएको छ ।

कम्पनिका अनुसार मोटरसाईकलको खरिदमा २० फ्रि सभ्रिसिङ्गका साथै सर्वाधिक ६ वर्ष सम्मको वारेन्टी दिने भएको छ । साथै कुनैपनि पुरानो मोटरसाईकलको एक्सचेन्ज गर्दा रु ३० हजार न्युनतम मुल्यांकन गरिने छ ।

हाल रमन मोटर्सले जम्मा रु ११०,००० पर्ने कम मुल्यका ८० सि सि देखी २०० सि सि सम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ । कम्पनिका बिजनेश डेभलपमेन्ट प्रमुख सन्तोष न्यौपानेका अनुसार पछिल्लो समय रनर मोटर साइकल ग्राहकको रोजाइँमा पर्न थालेको बताउँछन् । ग्राहकहरुले २ सय सिसिको मोटरसाइकल अत्याधिक मन पराएका छन् । यो बाइक अफरोडमा चलाउनेहरुको लहर चलेको उनले बताए ।

Trending News