भारतीय ट्रकबाट नेपालहुँदै डिजेल तस्करी भईरहेको छ : व्यवसायी

diyopost.com
दियो पोस्ट  शुक्रबार, चैत्र १८, २०७८ | २१:२२:०६

भैरहवा, १८ चैत । यातायात क्षेत्रका समस्या प्रति सरकार गभींर नभएको गुनासो गर्दै सम्वद्ध व्यवसायीहरुले भारतीय गाडीले नेपालमा बोक्ने ओभरलोड रोक्नु पर्ने माग गरेका छन् । त्यस्तै भारतीय गाडीले ठुुला डिजलका ट्याकीं बनाएर डिजल भरेर नेपालबाट भारत लैजाने अवैध कामको पनि अन्त्य हुनुु पर्ने माग व्यवसायीको छ ।

क्षमता भन्दा बढी सामान लिएर नेपालमा नेपाली ट्रक हिड्दा राज्यले कडाई गरे पनि भारतीय ट्रकको ओभरलोडमा राज्य उदार रहेको व्यवसायीरुको गुनासो छ । लुम्विनी लुम्विनी ट्रक यातायात व्यवसायी सघं शिद्धार्थनगरको शुुक्रवार भैरहवामा भएको १० औ साधारण सभा तथा पाचौ अबिधेसनमा कार्यक्रममा बोल्दै व्यवसायीहरुले राज्यले वेवास्ता गर्दा ट्रक यातायत क्षेत्र धरासायी भएको र व्यवसायीरु पलायन हुने अवस्थामा पुगेको बताए । पेट्रेलीयम पदार्थमा भारी मुल्य बृद्धी हुुदाँ समेत ढुुवानीमा भाडा समायोजना नभएको भन्दै व्यवसायीरुले तत्काल भाडा बढाउन समेत माग गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासघंका अध्यक्ष राजेन्द्र कुुमार श्रेष्ठले कोरोनाका कारण थला परेको यातायात क्षेत्र अहीले भाडा समयोजन नहुुदाँ थप समस्यामा परेको बताए । ट्रक व्यवसायीले गरेको योगदान राज्यले बुुझ्न नसकेको भन्दै उनले कहीले काही व्यवसायी एक नहुुदा समेत राज्यले आफुुहरुलाई बेवास्ता गरेको बताए । उनले भारतबाट आएका १५।२० बर्ष पुराना र क्षमता भन्दा बढी सामान लिएर आएका ट्रकहरुलाई भन्सार बिन्दुमै रोक्नु पर्नेमा जोड दिए । त्यस्तै नेपाल ट्रक यातायात व्यवसायी महासघंका निर्वतमान अध्यक्ष अर्जुुन रानाभाटले भारतीय गाडी भन्सारबाट सिधै समान लिएर नेपालका कुना कुनामा पुग्दा नेपाली ट्रकहरु भने समान नपाएर बस्नुु पर्ने बाध्यता रहेको बताए ।

 

सम्बन्धित खबर