माओवादीमा फर्किएका पित्त बहादुरले प्रचण्डलाई भने,‘परिबन्दमा परेर बालकोट पुगेँ’

diyopost.com
दियो पोस्ट  बुधबार, चैत्र २३, २०७८ | १३:३८:३५

काठमाडौं । २४ घण्टामा २ वटा दल प्रवेश गर्ने धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।

बुधबार विहान खुमलटारस्थित प्रचण्ड निवासमा पुगेका उनले आफूले एमाले प्रवेश गरेर गल्ती गरेको बताएका छन् । ‘अध्यक्ष ज्यु म केही मान्छेको परिवन्दमा परेर बालकोट पुगेँ । यसमा मेरो गल्ती भयो । तर, मलाई मैले बनाएको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छाडेनन् । सुत्न नी दिएनन्,’ डल्लाकोटीको भनाई उदृत गर्दै प्रचण्डका स्वकिय सचिव रमेश मल्ले भने,‘मैले आज मेरा कार्यकर्ता र जनता प्रति गर्व गर्छु । म २ दिनमै घर फर्केको छु ।’
अध्यक्ष प्रचण्डले गल्ती गरेको महशुस गरेकाले अब काममा फर्कन निर्देशन दिएको मल्लले जानकारी गदिए ।

सोमबार एमाले प्रवेश गरेका डल्लाकोटी बुधबार फेरी माओवादीमै फर्किएका छन् ।

सम्बन्धित खबर