एमएडब्लु अर्थमुभर्स बन्यो दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर !

diyopost.com
दियो पोस्ट  बिहिबार, बैशाख ०१, २०७९ | १६:४६:२९

 

काठमाडौं । नेपालको नम्बर १ कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर बनेको छ । जेसीबी इन्डियाले आफ्नो डिलर्स मिटमा एमएडब्लु अर्थमुभर्सलाई सर्वोत्कृष्ट दक्षिण एसिया डिलर २०२१ बाट सम्मान गरेको हो ।

जेसीबी युकेका निर्देशक जर्ज बामफोर्ड, ग्रुप सिइओ ग्राहम म्याकडोनाल्ड र जेसीबी इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकारी दिपक शेट्टीले एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवाललाई संयुक्त रुपमा सर्वोत्कृष्ट डिलरको अवार्ड हस्तान्तर गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमएडब्लु अर्थमुभर्सका अध्यक्ष अग्रवालले जेसीबीका ग्राहक, कर्मचारी र सरोकारवालालाई धन्यवाद ज्ञापन गर्नु हुँदै उहाँहरुकै साथ र सहयोगमा एमएडब्लु दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर बन्न सफल भएको बताए ।

‘हामीलाई विश्वास छ, हाम्रा ग्राहक, सरोकारवाला र कर्मचारीको निरन्तर साथ रहेमा हामी अझ धेरै सफलताको उचाइमा पुग्नेछौं,’ उनले भने । एमएडब्लु अर्थमुभर्सले ब्याकहो लोडर, एस्काभेटर, ह्विल लोडर, कम्प्याक्टर, टेलिह्यान्डलर र स्किड स्टेरिङ लोडर जस्ता जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टहरुको विक्री वितरण गर्दै आएको छ । नेपाली बजारमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ ।

सम्बन्धित खबर