काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र (एलोआई) दिने निर्णय गरेको छ । बोर्डको आज बिहान बसेको संचालक समितिको बैठकले १६ वटालाई आशयपत्र दिने निर्णय गरेको स्रोतले बताएको छ । आशय पत्र पाएका १६ कम्पनीले ६ माहिनाभित्र बोर्डले तोकेको मापदण्ड अनुसार भौतिक पुर्वाधार निर्माण गरिसक्नु पर्नेछ । त्यसपछि मापदण्ड पूरा गरी पुर्वाधार निर्माण गरेकालाई अनुमति पत्र दिइने छ ।
एलओआई पाउनेमा स्टक डिलरको रुपमा आवेदन दिएको नबिल सेक्युरिटिज र पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि आवेदन दिएको मेघा स्टक मार्केट रहेको छ । बाँकि १४ वटा भने सिमित कार्य गर्ने ब्रोकर कम्पनी रहेका छन् ।
धितोपत्र दलालका लागि ४५ वटाको आवेदन परेको थियो ।