बुधबार पनि नेप्सेको उकालो यात्रा कायमै

दियो पोस्ट  

काठमाडौं । साताको चौथो दिन पनि नेप्सेको उकालो यात्राले निरन्तरता पाएको छ । अघिल्लो दिन तीन दशमलव ३१ अंकले बढेको नेप्से आज बुधबार पुनः २३ दशमलव ३९ अंकले बढेर १८ सय ५४ दशमलव एक अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार अंकले बढेर तीन सय ५२ दशमलव ९४ अंकमा चढेको छ । नेप्सेमा आज दुई सय ६६ वटा कम्पनीहरुको २५ हजार छ सय ३४ पटकको कारोबारमा २५ लाख ७७ हजार दुई सय १० कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ८५ करोड ७६ लाख २४ हजार तीन सय १८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा १३ वटै समूहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव ६५ अंकले बढेर १२ सय नौ दशमलव १२ अंकमा पुगेको छ भने विकास बैंक समूहको सूचक पनि ५४ दशमलव ९३ अंकले बढेर तीन हजार चार सय २० दशमलव ३१ अंकमा पुगेको छ । फाइनान्स समूहको सूचक पनि ३४ दशमलव ५६ अंकले बढेर १५ सय ५२ दशमलव २३ अंकमा पुगेकोमा जलविद्युत समूहको सूचक पनि ४९ दशमलव २८ अंंकले बढेर २२ सय ९८ दशमलव ७१ अंकमा पुगेको छ ।

सम्बन्धित खबर