मधेसमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सहमति

दियो पोस्ट

काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकले मधेस प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेको हो।

बैठकमा मधेस प्रदेशका नेताहरूसमेत सहभागी थिए।

बालुवाटारको सहमतिसँगै अब नेपाली कांग्रेस, लोसपा र नेकपा (एकीकृत समाजवादी) समेत सरकारमा सहभागी हुनेछन्।

सम्बन्धित खबर