कैलाश सिरोहियालाई तत्काल रिहा गर्न जसपा नेपालको माग

दियोपोस्ट संवाददाता  

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तत्काल रिहा गर्न माग गरेको छ।

बुधबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै सिरोहियालाई पूर्वाग्रह कैलाश सिरोहियालाई पूर्वाग्रही तथा प्रतिशोधपूर्ण ढङ्गबाट पक्राउ गरिएको र उनलाई तत्काल रिहा गर्न माग गरेका छन्।

राज्य संयन्त्रको दुरुपयोग गरी सञ्चार क्षेत्रलाई आतंकित पार्ने कार्य रोक्न पनि जसपाले माग गरेको छ।

‘राज्य संयन्त्रको दुरुपयोग गरी सञ्चार क्षेत्रलाई आतंकित पार्ने कार्य रोकी निजलाई तत्काल रिहाई गर्नु पर्दछ। आगामी दिनमा यस्ता पूर्वाग्रहपूर्ण घटना नदोहऱ्याउन सरकारलाई सचेत गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।

सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मं‌गलबार साँझ कार्यकक्षबाटै पक्राउ गरेको थियो।