काठमाडौं । विमा नियमावली, २०४९ (तेस्रो संशोधन २०७०) अनुसार विमा कम्पनिहरुले प्रत्येक आर्थिक वर्ष सकिएको ६ महिनाभित्र विमा प्राधिकरणलाई वित्तिय विवरण बुझाउनुपर्ने हुन्छ । प्राधिकरणले उक्त विवरणलाई स्विकृत गर्नुपर्ने कानुनी प्रावधान छ ।
वित्तिय विवरण स्विकृत नभएका कम्पनीले साधारण सभा गर्न नपाउनुका साथै बोनस वितरणमा समेत प्रतिबन्ध लगाउने कानुनी अधिकार विमा प्राधिकरणलाई छ । तर, नेपालको सर्वश्रेष्ठ विमा कम्पनि दाबी गर्दै आएको नेपाल लाईफ इन्स्योरेन्सले भने विगत लामो समयदेखि वित्तिय विवरण नबुझाएको पाइएको छ ।
विमा प्राधिकरणका विभिन्न आर्थिक वर्षका प्रतिवेदन अनुसार नेपाल लाईफले वित्तिय विवरण नै लुकाएको खुलेको हो । विमा प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ र आर्थि वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमै नेपाल लाईफ इन्स्योरेन्सले वित्तिय विवरण लुकाएको भेटिएको हो ।
यसरी वार्षिक प्रतिवेदनमै विमा प्राधिकरणलाई विवरण नबुझाएको भेटिएपनि प्राधिरकणले कुनै कारबाही गर्न सकेको छैन । २०५८ साल वैशाख २१ गते स्थापना भएको नेपाल लाइफ २४ औँ वर्षमा प्रवेश गरिसकेको छ । तर, हालसम्म २२ औँ वार्षिक साधारण सभामात्रै भएको कागजातमा देखिन्छ । नेपाल लाइफको वित्तिय विवरणकै कारण वार्षिक साधारण सभा समेत प्रभावित भएको स्रोतले जनाएको छ । गत वर्ष २०८० वैशाख २२ गते सीईओ प्रविण रमण पराजुलीले केही कर्मचारीसहित केक मात्रै काटेर वार्षिकोत्सव मनाएका थिए ।
यो वर्ष भने केक समेत काट्न नसक्ने अवस्थामा नेपाल लाइफ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा वित्तिय विवरण लुकाएको नेपाल लाइफले २०८९ साल मंसिर ८ गते वार्षिक साधारण सभा गरेको थियो ।
विरगञ्जको भिष्वा होटलमा आयोजित वार्षिक साधारण सभा सभाको प्रतिवेदन अनुसार २०७९ असोज महिनासम्म कम्पनिको बीमा कोषमा १ खर्ब ४२ अर्ब रुपैयाँ रकम संचित भइसकेको सीईओ पराजुलीले जनाएका थिए । यसरी सर्वसाधरणले बीमा कोषमा जम्मा गरेका रकम बीमा कम्पनिले विभिन्न बैंकमा मुद्दती खातामा राखेर ब्याज असुली गरिन्छ । यस्ता रकम राख्न ठूला सेटिङ हुने गरेको छ ।
भ्यालुएसन कम भएर रोकिएको हो : प्रवक्ता राजु रमण पौडेल
विमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडलले नेपाल लाइफ इन्स्योरेन्सको विमांक भ्यालुएशन नै कम भएका कारण साधारण सभा रोकिएको बताए । उनका अनुसार प्राधिकरणमा नेपाल लाइफले वित्तिय विवरण एकै साथ बुझाएर साधारण सभा गर्ने तयारी गरेको हुन सक्ने बताए । तर, यसरी एकै साथ वित्तिय विवरण बुझाउन विमा निमावलीमा पाइँदैन ।
सीईओ प्रविन रमन पराजुली दिएनन् प्रक्रिया
वित्तिय विवरण लुकाएको विषयमा प्रश्न गर्न प्रमुख कार्यकारी प्रविन रमण पराजुलीलाई सम्पर्क गर्दा उनले फोन काटिदिए । प्रतिक्रियाका लागि प्रश्नसहित सन्देश पठाउँदा जवाफ दिएका छैनन् । विवादास्पद व्यापारी गोविन्दलाल संघाई नेपाल लाइफको अध्यक्ष हुन् ।