आफ्नै श्रीमतीलाई आगो लगाएर हत्या गर्ने पक्राउ

दियो पोस्ट  

दैलेख, २१ वैशाख । आफ्नै श्रीमतीको शरिरमा मट्टितेल खन्याई आगो लगाएर हत्या गरेको आरोपमा दैलेख रातोमाटे–१ बस्ने राजु नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालीले गत वैशाख १५ गते आप्mनै १९ वर्षीया श्रीमती अनिशा नेपालीको शरीरमा मट्टितेल खन्याई आगो लगाएका थिए । जलेर गम्भीर घाइते भएकी अनिशालाई स्थानीय अस्पताल हुँदै बैशाख १७ गते थप उपचारको लागी शिक्षण अस्पताल महाराजगंज काठमाडौँ लगिएकोमा सोमबार उपचारको क्रममा मृत्यु भएको थियो । यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
घाँटी रेटेर हत्या ः
दैलेखकै मेहलकोलि–२ बस्ने १९ बर्षीया बिपना खड्का घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेकी छिन् । उनलाई सोमबार राति सोही ठाउँ बस्ने २१ वर्षीय भक्तबहादुर खड्काले घरदेखि गोठतर्फ जाने क्रममा ओखटी भन्ने स्थानमा घांटी रेटेर हत्या गरेको बताइएको छ ।
सो घटनाका खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटी गई आवश्यक अनुसन्धान गरिरहेको छ ।