काठमाडौं, ३ जेठ । सिंहदरबार घेराउको क्रममा माईतीघरमा पुगेका संघीय गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आन्दोलनकारीबाटै एक आन्दोलनकारीलाई निर्घाट कुटपीट भएपछि यतिबेला माईतीघर क्षेत्रमा तनाव छ ।
सिंहदरबार घेराउ गर्न भन्दै माइतीघरमा भेला भएका आन्दोलनकारीमध्येका एक जनाले प्रहरीमाथि ढुंगा प्रहार गरेसँगै अरु आन्दोलनकारीले भिजिलान्ते भन्दै निर्घात कुटपीट गरेका थिए । कुटपीटपछि प्रहरीले उनलाई उद्दार गरेको छ ।