खुल्लामञ्चबाट विप्लवको चुनौती, ‘हाम्रो घरमा म्याद टाँसेको भोलीपल्ट केपी ओलीको घरमा म्याद टासिन्छ’

दियो पोस्ट  

काठमाडौं, ७ जेठ । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जनयुद्धकालिन मुद्दा ब्युत्याए त्यसको कडा प्रतिरोध गर्ने बताएका छन् । ‘हिजो जनयुद्धमा ज्यान गुमाउने बेपत्ता योद्धाहरुलाई अपराधी बनाउन खोज्दै छन् । धेरै साथीहरुको घरमा म्याद टासिन थालेको रिपोर्ट आउन थालेको छ । माओवादीहरुलाई फेरी मुद्दा हाँलिदैछ,’ राजधानीको खुल्लामञ्चमा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले भने, ‘हाम्रो घरमा म्याद टाँसेको भोलीपल्ट केपी ओलीको घरमा पनि म्याद टासिन्छ । यो कुनै लुकाई छिपाईको कुरा होईन यो कुनै असत्य कुरा पनि होईन ।’
जनयुद्धकालिन मुद्दाको विषयमा एमाओवादी अध्यक्ष प्रचण्ड ओलीको अगाडी रोएको समेत उनले दाबी गरे ।
शहिद तथा बेपत्ता परिवारलाई मेटाउन चाहानेहरु लागि परेको भन्दै विप्लवले त्यस्तो सपना देख्नेहरु आफै मेटिने दाबी समेत गरे । ‘कालो सपना देख्नेहरुले सहिदहरुलाई मेट्न चाहान्छ भने, ती मान्छेहरु यो धर्तिबाट मेटिनेछन् । यो कुरामा कसैले शंका गर्न हुन्न ।’
आफूहरुले बालुवाटारले रगतको मुल्य खोज्दै बालुवाटार, सिंहदरबार र विआईसिसि भवन पुगेको तर सुनुवाई नगरेको समेत उनले बताए । ‘हामीले सोचेका थियौं, बालुवाटार वा सिंहदरबारले तर हामीले १० वर्षमा गुजार्दा पनि बालुवाटारले हाम्रो रगतको उपहास गरेको छ । सिंहदरबारले उपहास गर्यो आईसिसिले उपहास गर्यो,’ विप्लवले भने, ‘तर यो कुरा जनताले विर्सेको छैन ।’
माओवादी जनयुद्धले कांग्रेस एमालेको ज्यान सुरक्षा गरेका समेत विप्लवको दाबी थियो ।
‘नेपाली कांग्रेसको ज्यान राजतन्त्रको जेल भित्र जाने वाला थियो । गिरिजाहरुको जीवन ज्ञानेन्द्रको जेल भित्र वित्ने थियो । गाउँबाट जनताले खेदेका थिए, शहरमा ज्ञानेन्द्रले जेलमा हालेका थिए । माधव कुमार नेपाल र केपी ओलीको हातमा हत्कडी थियो,’ विप्लवले भने, ‘जनसेनाले तीनीहरुलाई जेलबाट बाहिर ल्याउने काम ग¥यो । तिम्रो हातको हत्कडी फूत्काउने काम तिमीहरुले गरेको होईन जनमुक्ती सेनाल गरेको हो । नेपालको माओवादी आन्दोलनले गरेको हो । तर तिमिहरुले अपमान गर्न खोज्दैछौ ।’
विप्लवले सर्वोच्च अदालतलाई प्रतिक्रियावादीहरुको अड्डाको संज्ञा दिए । ‘बेपत्ता परिवारलाई बेचेर खाएको जस्तो गरियो । जनयुद्ध गर्ने नेपालमा ठूलो परिवर्तन गर्ने मान्छेहरुलाई आज मुद्दा लगाईँदै छ ,’ उनले भने, ‘सर्वोच्च अदालत भनिने यहाँको प्रतिक्रियावादीहरुको अड्डाले जनताको विरुद्ध फैसला गर्ने दुस्साहस गर्न खोज्दैछ । हामीले हेरिरहेका छौं ।’
माओवादीबो बलिदानले राज्यमा परिवर्तन ल्याएको समेत विप्लवको दाबी थियो ।
‘माओवादीको बलिदान नभएको भए नेपालको आजको स्थिती अर्कै ठाउँमा हुन्थ्यो । चुनौती खडा गरेका छौं । यदि सहमतिहरुलाई ईमान्दारीता पूर्वक पालना गरेनौं भने तिमीहरुको सत्ता विरुद्ध अर्को सत्ता आउँछ । तिम्रो कानुनका विरुद्ध अर्को कानुन आउँछ,’ विप्लवले भने ।

सम्बन्धित खबर