विद्यालय जान पहाड चड्दैगरेको खतरनाक तस्बिर खिच्ने पत्रकार को हुन् ?

दियो पोस्ट  

काठमाडौं, १७ जेठ । चीनको नाम सुन्ने वित्तिकै मानिसहरुमा ठूला एयरबस्, गगनचुम्बी भवन र स्वर्गरुपी शहरको याद आउँछ तर गत साता प्रकाशित केही तस्विरले भने मानिसहरुको सोचाई नै परिवर्तन गरिदियो ।

children of china chen jhi


चीनको सिचुवान प्रान्त स्थित दक्षिणी पश्चिमी भेगमा रहेको हिमाली गाउँका विद्यार्थीहरुको कष्टपूर्ण जीवन यात्राबारेको तस्विर कथाले जनमानसमा चीनबारे फरक धारणा आउन थालेको छ । दक्षिणी पश्चिमी गाउँ अटुलेरको यो तस्विरले कयौं सामाजिक सञ्जाल प्रयोगकर्तालाई झुक्याईदियो , ‘नेपालकै भनेर ।’

chian 1


विद्यालय जान कष्टपूर्ण दैनिकी तस्बिर देखेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत चीनमाथि खिल्ली उडाइरहेका छन् । आफ्नो भविष्य बनाउनको ८०० मिटरको अग्लो पहाडमा दाउराको भर्‍याङको सहारामा विद्यालय जानुपर्ने बाध्यात्मक अवस्थाको तस्विर बेईजिङका पत्रिकाहरुमा भाईरल बनेको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्राथामिकता दिएको थियो ।

chan jhe

उक्त तस्बिर खिच्ने क्रममा फोटो पत्रकार चेन जी


उक्त तस्विर खिच्ने पत्रकार हुन् चेन जी । चेन बेईजिङ न्युजका प्रमुख फोटो पत्रकार हुन् । सन् २००५ देखि २००१४ सम्म बेईजिङ न्युजका फोटोग्राफी सम्पादक रहेका उनले २०१४ मा जागिर छाडेका थिए । उनी फेरी पुरानै अफीसमा फर्किएर फोटो पत्रकारीतालाई निरन्तरता दिएका थिए । उनी चीनका चर्चित फोटो ग्राफर हुन् ।

chen jhi photost

चेन जीले अवार्ड पाएको तस्बिर


चेन झी फोटोग्राफी अवार्ड पाएका पत्रकार हुन् । चीनको तेन्जीङमा भएको एक विष्पोटको तस्विर ‘लास्ट एयरर्स डेड्ली तेन्जिन एक्सप्लोईजन’लाई विश्व फोटो पत्रकारीता पुरस्कार प्रदान गरिएको थियो ।

paperचीनियाँ पत्रिकामा आएको तस्विर


विद्यार्थीहरु थोरै चुक्दा कालको शिकार बन्नुपर्ने तस्विर खिचेपछि उनको चर्चा झनै व्यापक भएको छ । यो खतरनाक तस्विर खिचेको प्रति चेन भन्छन्, ‘अटुलेरका यी बच्चाहरुको उमेर ६ देखि १५ वर्षकोबीचमा छ । मलाई यो दृष्य देखेर निकै दुःख लाग्यो । मलाई विश्वास छ मेरो तस्विरले यो गाउँको तस्विर अवश्य बदल्नेछ ।’

chan jhe 1

उक्त हिमाली भेगमा तस्विर लिने क्रममा चेन जी


उनका अनुसार यो खतरनाक यात्रामा ८ जना मानिसहरुको ज्यान गईसकेको छ । पढाईको लागि कयौं मानिसहरु घाईते भएका छन् ।

भिडियोमा हेर्नुहोस् बालबालीकाको कष्टपूर्ण विद्यालय यात्रा

उनले तीन दिनको भ्रमणको क्रममा यो तस्विर आफ्नो क्यामेरामा कैद गरेका थिए । ‘त्यो निकै खतरनाक थियो,’ द गार्जियनसँग उनले भनेका छन्, ‘मलाई त्यो तस्विर कसरी खिचेँ भन्ने आफैप्रति शंका लागेर आउँछ ।

chen jie
फोटो पत्रकार चेन जी