मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

दियो पोस्ट  

 

राजविराज, १३ जेठ । सप्तरीको मलेकपुर गाविस–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकलको ठक्करबाट आज एकजना वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका पुनर साह रहेको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका ७० वर्षीय साहको आज बिहान राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

हुलाकी राजमार्ग हुँदै राजविराजतर्फ आउँदै गरेको स२प २८८१ नंको मोटरसाइकलले गएराति साहलाई ठक्कर दिएको थियो ।