रामेछापमा टाटा सुमो दुर्घटना, ६ जनाको मृत्यु ८ घाईते

दियो पोस्ट  

काठमाडौं, १३ जेठ । रामेछापमा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सदरमुकाम मन्थलीबाट करिब १५/१६ किलोमिटरको दूरीमा रहेको रामेछाप नगरपालिकाबाट हिम गंगा जाँदै गरेको टाटा सुमो दुर्घटनामा परेको हो ।

दुर्घटनामा ८ जना घाईते भएका छन् । २ जनाको अवस्था गम्भिर भएको प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेलले दियोपोस्टलाई जानकारी दिए ।
पौडेलका अनुसार प्रहरी, सेना दुर्घटना स्थलमा पुगेको छ । ‘उद्दार कार्य जारी छ,’ उनले भने, ‘घाईतेहरुलाई जिल्ला अस्पताल मन्थलीमा उपचार गराइँदै छ ।