काठमाडौं, १४ वैशाख । नेकपा माओवादी केन्द्रका नेता राम बहादुर थापाले मुलुकमा फेरी युद्ध हुने चेतावनी दिएका छन् । टेलिभिजन पत्रकार दिलभूषण पाठकसँगको अन्तर्वार्ताको क्रममा उनले युद्धकालिन मुद्दाहरु फेरि ब्यूँत्याईए मुलुकमा फेरि युद्ध हुने चेतावनी दिएका हुन् ।
‘हाम्रा दूश्मनहरुले जनयुद्धलाई अपराधको रुपमा परिभाषित गरेका छन् । माओवादीहरुलाई सखाप पार्न खोेजेका छन् त्यसबाट हामी विचलित छैनौं । त्यही चुनौती स्वीकार गरेका छौं । त्यसैले हामी माओवादी एकता भएका छौं । त्यो चुनौति विरुद्ध हामी लड्छौं,’ बादलले भनेका छन्, ‘आवश्यक प¥यो भने, अर्को युद्ध हुन पनि सक्छ ।’
पत्रकार पाठकले जनतालाई कति पटक युद्ध त्रास देखाउनु हुन्छ ? भनेर सोधेको प्रश्नको जवाफ दिँदै बादलले भनेका छन्, ‘यो त म हजार पटक भन्छु, म त्यस बेलासम्म भन्छु, जबसम्म यहाँ अन्याय हुन्छ । यहाँका समस्याहरुको समाधान हुँदैन ।’
एमाओवादी अध्यक्ष प्रचण्डलाई उनले क्रान्तिकारी नेताको रुपमा चितृत गरेका छन् । यता आफ्नै पूर्व अध्यक्ष मोहन बैद्य किरणलाई भने एकताबाट भागेको आरोप लगाएका छन् ।
उनको अन्तर्वार्ता यस्तो छ ।