विद्यालयलाई राजनीति मुक्त बनाउँछौ शिक्षामन्त्री पोखरेल

दियो पोस्ट  

भक्तपुर, १४ जेठ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्ने बताएका छन् ।

भक्तपुरको गठ्ठाघरमा आस्था महिला विद्यालयको आठाँै वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेप बढ्दै जाँदा विद्यालयको छवि धमिलिएको बताए ।

राजनीति छवि भएका व्यक्ति विद्यालय व्यवस्थापन समितिमा खोल ओढेर जान नहुनेमा जोड दिँदै उनले धुमलिएको छविलाई सुधार्नु आवश्यक रहेको बताए ।

शिक्षालाई सीप, प्रविधि र मानवीय संवेदनासँग जोडेर लैजानु पर्नेमा जोड दिँदै उनले शिक्षा मन्त्रालयले व्यावसायिक प्रविधि र रोजगारमूलक शिक्षाका लागि छुट्टै संरचना बनाउन लागेको बताए ।

“अहिले देशभर ३० हजार बालविकास केन्द्ररहेको छ, यसलाई शिक्षाको अभिन्न अङ्ग बनाएर लैजाने सरकारको योजना रहेको छ”˗मन्त्री पोखरेलले भन्नुभयो, “मन्त्रालयले खुल्ला विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग गठनको तयारी गरेको छ, अब शिक्षा सम्बन्धी विद्येयक पास हुदँैछ ।”

नीति निर्माता र सरकारी कर्मचारीले सामुदायिक विद्यालयमै आफ्ना छोराछोरी पढाएमात्रै सार्वजनिक विद्यालयको चित्र बदलिने उनको धारणा छ ।

कार्यक्रममा पूर्वमन्त्री उर्मिला अर्याल, सांसद केदार सञ्जेल, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेल, मध्यपुर थिमि नगरपालिकाका पूर्वमेयर मदनकृष्ण श्रेष्ठलगायतले शिक्षा क्षेत्रमा महिलाको भूमिकालाई सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

आस्था महिला विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रुपा केसी, प्रधानाध्यापक पार्वती ज्ञवाली, सहायक प्रधानाध्यापक बिना देउजालगागतले पढाइ छोड्ेका र विद्यालय जान नपाएका महिलाका लागि आफ्नो विद्यालय अवसरका रुपमा खडा भएको बताए ।

सम्बन्धित खबर