बिमलको दुःखमा साथ दिने कोको ? शिब परियारले लेखे, ‘सरकार अब ढिला नहोस्’

दियो पोस्ट  

काठमाडौं, १४ जेठ । नेपाली फूटबलर विमल घर्ति मगरको बहिनी मनिषा घर्तिमगरको शंकास्पद मृत्युको घटनापछि विमललाई साथ दिनेहरुको भिड देखिएको छ । यो दुखद घडिमा मनिषाको मृत्युबारे चर्चित सेलिब्रेटि सामाजिक सञ्जालमा मात्रै होईन, संसदले समेत व्यवस्थापिका संसदमा कुरा उठाएका छन् । सामाजिक सञ्जालका भित्ताहरुमा उनलाई शक्ति मिलोस् भन्दै प्रार्थना गर्नेहरुको भिड बाक्लो छ ।

‘विमल भाईको परिवारमा परेको दुःख अकल्पनिय छ, भगवानले पिडा सहने शक्ति प्रदान गरुन्,’ नेपाली चलचित्रका अभिनेता राजबल्लभ कोईरालाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मनिषाको आत्माले शान्ति पाओस् ।’


त्यस्तै उनको बहिनीका मृत्युको घटनाले आफूलाई निकै दुख लागेको भन्दै नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले पनि आफूहरु विमलको साथमा रहेको बताएका छन् । ‘विमल घर्ति मगरको बहिनीको मृत्युको खबरले मलाई निकै दुःख लागेको छ,’ पारसले आफ्नो फेसबुकमा लेखेका छन्, ‘मलाई आशा छ तिमी अझै दृढ भएर उभिने छां भाई। हामी सबै तिम्रो साथमा छौं ।’
त्यस्तै चर्चित तेक्वान्दो खेलाडी दिपक विष्टले पनि आफूलाई दुख लागेको भन्दै घटनको सत्य तथय पत्ता लगाइृ दोष िमाथि कारबाही गर्न माग गरेका छन् । ‘विमल भाई हामी सबै खेलाडी तिम्रो साथ मा छौं,’ उनले लेखेका छन्, ‘घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा कारबाही होस् ।’


मिस नेपाल अष्मि श्रेष्ठले मनिषाको मृत्यु शंकास्पद रहेको बताएकी छिन् । उनले मनिषाको उदाहरण दिँदै आम युवतिलाई सते रहन समेत अपिल गरेकी छिन् ।


गायक शिब परियारले सरकारलाई ढिला नगर्न चेतावनी दिएका छन् । ‘सरकार अब ढिला नहोस् । अपराधीलाई फेरी अपराध गर्न डर लाग्ने कानुन बनाउनु प¥यो । यो हामी सारा नेपालीको माग हो,’ उनले लेखेका छन्, ‘राष्ट्रिय फूटबल खेलाडी बिमल घर्तिमगर जयुको घरमा पर्न गएको यो शोकमा भगवानले धैर्यता गर्न सक्ने शक्ति प्रदा गरुन् । बहीनीको आत्माले शान्ति पाओस् ।’


बुधबार बेलुकी नवलपरासी नगरपालिका ८ बर्धाघाटमा आफ्नै घरमा मृत अवस्थामा भेटिएको मनिषाको शुक्रबार पसुपतिमा अन्त्यष्टि गरिएको छ । बहीनीको मृत्युको खबर आएपछि विमल बेल्जियबाट नेपाल फर्किएका थिए ।

सम्बन्धित खबर