काठमाडौँ, जेठ ९ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्ना कार्यकर्तालाई सरकारले हत्या गरेको आरोप लगाएका छन् । विहीबार एक विज्ञप्ति जारि गर्दै महासचिव विप्लवले सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरेलाई केपी ओली सरकारको ठाडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तको नाममा हत्या गरेको भन्दै घोर आपत्ति जनाएका छन् ।
उनले प्रधानमन्त्री ओलीको सरकारलाइ फाँसीवादको संज्ञा पनि दिएका छन् । उनले सरकारविरुद्ध विभिन्न चरणवद्ध आन्दोलनको घोषणा समेत गरेका छन् । भोलि देखि सरकारविरुद्ध आन्दोलन चर्काउने गरि कोण सभा र भण्डाफोर कार्यक्रम गर्ने घोषणा गरेको छ । त्यस्तै १२ गते देशव्यापी रुपमा मसाल जुलुस गर्ने र १३ गते नेपाल बन्द गर्ने घोषणा गरेको छ ।

सरकारको मनपरीविरुद्ध सबै क्षेत्रबाट जनआक्रोश देशव्यापी बढिरहेको भन्दै यही अवस्थामा आफ्नो पार्टीप्रति जनताको आकर्षण, विश्वास र भरोसा बढ्दै गएको पनि महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।