त्रिशुली नदिमा २० किलोको माछा भेटियो : बल्छि थाप्ने चेपाङ युवाले गुहार मागेपछि.. (फोटो/भिडियो)

दियो पोस्ट  

धादिङ, १९ वैशाख । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ४ आरुबासटारस्थित त्रिशुली नदीमा २० किलोको माछा भेटिएको छ । स्थानीय रामकुमार चेपाङले थापेको बल्छीमा २० किलोको माछा परेको हो । पछिल्लो समय क्रसर उद्योग र बालुवा धुने उद्योगका कारण त्रिशुलीमा माछा पाइन छाडेको उनले बताए ।

एक महिना अघिदेखि चेपाङले बल्छि थापेपनि माछा परेको थिएन । शुक्रबार राति बल्छीमा माछा परेको संकेत मिल्यो । तर माछा यति ठूलो परेछ कि, चेपाङले निकाल्न सकेनन् ।

गाउँलेलाई गुहार लगाउनु पर्यो । गाउँलेको सहयोगमा माछा निकालेर जोख्दा २० किलो तौल रहेको पाइयो ।

यसअघि आफूले ७० किलोसम्मका माछा पार्ने गरेको उनले बताए । क्रसर उद्योग र बालुवा धुने मेसिनका कारण जालमा र बल्छीमा माछा पर्न छाडेको उनले बताए । नदि धमिलिएको बेला माछा पाउन समेत मुस्किल हुने चेपाङ बताउँछन् ।

तस्विर/भिडियो : विवेक अर्याल