
काठमाडौं, २० वैशाख । नेकपा सचिवालयमा नयाँ समिकराण बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिने पक्षमा वकालत गर्दै आएका केही नेताहरु युटर्न भएका छन् । प्रधानमन्त्री ओलीको राजिनामा माग्दै आएका उपाध्यक्ष वामदेव गौतमले ओलीले राजिनामा दिनु नपर्ने पक्षमा पुगेका छन् ।
प्रधानमन्त्री ओलीले राजिनामा दिनु नपर्ने भन्दै उपाध्यक्ष बामदेव गौतम, राम बहादुर थापा बादल र महासचिव विष्णु पौडेलले ओलीको पक्षमा उभिएपछि नेकपाको सचिवालय बैठक केही घण्टाको लागि स्थगित भएको छ ।
नयाँ समिकरण पछि अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल समुह सचिवालय भित्रै अल्पमतमा पर्ने संभावना देखिएको छ ।