गायब भएको प्रचण्डको कुर्सी आजको सचिवालय बैठकमा देखियो, दुवै अध्यक्षलाई समानान्तर कुर्सी !

दियो पोस्ट  

काठमाडौँ, २० वैशाख । केहीदिनअघि नेकपाको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल सचिवालय सदस्यकै रोहमा बस्थे । यस्तो बसाइँलाई लिएर प्रचण्डलाई अपमान गरेको समेत चर्चा भएको थियो । तर, निकै रस्साकस्सीबीच शनिबारको बैठकमा भने केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समदुरीमा सँगसँगै बसेको तस्बीर सार्वजनिक भएको छ ।

बालुवाटारमा जारी नेकपाको केन्द्रीय सचिवालय बैठकमा ओली र दाहाल सँगसँगै बसेको तस्बीर ओलीको प्रेस सल्लाहाकार सुर्य थापाले सार्वजनिक गरेका छन् । उनले नयाँ बसाइँ भन्दै तस्विर सार्वजनिक गरेका हुन् ।


पार्टी र सरकार दुवै सञ्चालन गर्न नसकेको ठहर गर्दै प्रचण्डले अघिल्लो सचिवालय बैठकमा ओलीको राजीनामा माग गरेका थिए ।

ओलीले सचिवालयमा गृहमन्त्री राम बहादुर थापा बादल, महासचिव विष्णु पौडेल र वामदेव गौतमलाई आफ्नो गुटमा सामेल गराएपछि नेकपामा नयाँ समिकरण बनेको छ ।