थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमित ८२ पुगे

दियोपोस्ट संवाददाता

काठमाडौं २३ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । नेपालगञ्जमा सोमबार थप ७ जनामा कोरोना संक्रमण्को पुष्टि भएपछि संक्रमितको संख्या ८२ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित सातै जनाको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

नेपालगञ्जमा शुक्रबार १ जना र आइतबार १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या २३ पुगेको छ। हालसम्म संक्रमण देखिएका ८२ जनामध्ये १६ जना निको भइ घर फर्किसकेका छन् ।

नेपालगञ्जमा संक्रमितको संख्या थपिँदै गएपछि बाँकेमा सोमबार बसेको सर्वदलिय बैठकले तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरेको थियो। वैशाख २३ गते बिहान ११ बजेदेखि लागु हुने गरि वैशाख २५ गते मध्यरातीसम्म यो निर्णय कार्यवन्यन गराउन प्रशासनले सुरक्षाकर्मीलाइ निर्देशन दिएको छ ।

सम्बन्धित खबर

सिफारिस