नेपालगन्जमा तनाव : स्थानियबासी र प्रहरीबीच झडप, प्रहरीको गाडीमाथि ढुंगामुढा

दियोपोस्ट संवाददाता

नेपालगन्ज, २३ वैशाख । प्रहरीले एक युवालाई पक्राउ गरेपछि नेपालगञ्जमा स्थानियबासीले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । नेपालञ्जस्थित त्रिवेणी चोकका एक युवालाई प्रहरीले पक्राउ गरेपछि बिहान साढे १० बजे प्रहरी र स्थानीयबीच झडप भएको हो ।

निषेधाज्ञाका बीच प्रहरीले बिहान ११ बजेसम्म अत्यावश्यक सामाग्री किन्नका लागि बजार खुला गरेको थियो । रानीतलाउ क्षेत्रमा रहेको तरकारी बजारमा तरकारी किन्नेको भीड बढेपछि प्रहरीले हटाउन खोज्दा विवाद उत्पन्न भएको थियो ।

विवाद गरेको भन्दै प्रहरीले त्रिवेणी चोकका एक युवालाई त्यहाँबाट पक्राउ गरेको र त्यसको विरोधमा निषेधाज्ञाबारे माइकिङ गर्दै हिँडेको प्रहरीको गाडीमा स्थानीयले ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।


प्रहरीले यतिबेला स्थितिलाई नियन्त्राणमा लिएको जनाएको छ । स्थानियबासीमाथि प्रहरीले कुटपीट गरेको थियो ।

सम्बन्धित खबर

सिफारिस