काठमाडौं, २३ वैशाख । कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दो छ । पछिल्लो अपडेट अनुसार नेपालमा ८२ जना कोरोनाबाट संक्रमित भइसकेका छन् । तीमध्ये नेपालगन्जबाट मात्रै २३ जना संक्रमित भएका छन् । अन्य संक्रमितको पहिचान हुनेक्रम जारी छ । तर, प्रहरीले कोरोनाको नेपालगन्जकै जनतामाथि ज्यादती गरेको पाइएको छ ।
नेपालगञ्जस्थित त्रिवेणी चोकस्थित पुरानो सिनोमा हल नजिकै सञ्जय किराना पसलमा करिब पौने १० बजे पसल बन्द गराउन भन्दै वडा प्रहरी कार्यालयका इन्सपेक्टर आफै आएका थिए । ११ बजेसम्म सामान किन्न खाध्यान्न पसल खोल्न दिने स्थानिय प्रशासनको आदेश विपरित पौने १० बजे नै पुगेको प्रहरीले आग्रह गर्नुको सट्टा पसलको सामान फ्याँक्न थालेको थियो ।
प्रहरीको लाठी प्रहारबाट १ महिला, ३ पुरुष र ३ वर्षको बच्चा समेत घाइते भएको जनाइएको छ । प्रहरीले रवी गुप्ता नाम गरेको युवालाई गाडीमा हालेर वडा कार्यालय लगेको थियो ।
रवीका बुवा ५६ वर्षिय शिव कुमार गुप्तालाई भने गाडीले घिसार्दै २ सय मिटर परसम्म लगेको जनाइएको छ । प्रहरीले घिसारेपछि गुप्ता घाइते भएका छन् । स्थानीयबासीले वडा प्रहरी कार्यालयको बा १ झ ८२८४ नम्बरको गाडीमा ढुंगामुढा गरेका थिए ।