खाली बाटोमा हुँइकिँदा सावधान : सशस्त्र प्रहरीका हवल्दार मोटरसाइकल दुर्घटनामा मृत्यु

खाली बाटोमा  हुँइकिँदा सावधान : सशस्त्र प्रहरीका हवल्दार मोटरसाइकल दुर्घटनामा मृत्यु

कैलाली, २३ वैशाख । लकडाउनमा बाटो खाली छ भन्दै मोटरसाइकल वा सवारी साधन हुँइक्याउँदा हुनुहुन्छ भने सावधान । कैलालीको गौरीगंगामा एम्बुलेन्स र मोटरसाइकल ठोक्किएको छ । दुर्घटनामा सशस्त्र प्रहरीका एक सहायक हवल्दारको मृत्यु भएको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–९ शंकरपुरमा भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३६ वर्षीय गोरख ऐरको मृत्यु भएको हो।

पश्चिमबाट पूर्वतिर आइरहेको से १ च १८२८ नम्वरको ओमसाई अस्पतालको एम्बुलेन्स र पूर्वबाट पश्चिम तर्फ आईरहेको म २ प ५३०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । मृतक ऐर सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत थिए।


यता दुर्घटनामा परी मोटरसाइकल चालक घोडाघोडी नगरपालिका– १० का २८ वर्षीय भरत बोहरा घाइते भएका छन्।

दिउँसो साढे १२ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि घोडाघोडी अस्पतालमा ल्याएपछि मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । प्रहरीले एम्बुलेन्स चालक धनगढी नगरपालिका १० आशाराम चौधरलाई नियन्त्रणमा लिएको छ ।

Trending News