मोरङ, २३ वैशाख । अवैध भारतीय नोटसहित २ जनालाई सशस्त्र प्रहरी मोरङले पक्राउ गरेको छ । भारत सुपौलीबाट मोरङ आएको डब्लूबी ७३ ई ७६३५ नम्बरको खाली ट्रकमा सशस्त्र प्रहरीले मंगलबार चेकजाँच गर्ने क्रममा एक करोड ९ लाख ७९ हजार ५ सय ३० रुपैयाँ अवैध नोट फेला पारेको हो ।
सशस्त्र प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा िलएको छ ।
पक्राउ पर्नेमा सुपौलका रवि कुमार र पप्पु कुमार रहेका छन् । उनीहरुले बिराटनगरबाट सामान लोड गरी भारतको सिलुगुडी लिैजाने तयारी गरेका थिए । पक्राउ परेको नगदसहित अभियुक्तलाई भंसार कार्यालय बिराटनगरमा बुझाउने तयारी सशस्त्रले गरेको छ ।