थप १७ जनामा कोरोना भाइरस संक्रमण, संक्रमित ९९ जना पुगे

दियो पोस्ट  

काठमाडौं, २४ वैशाख । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमित हुनेको संख्याा ९९ जना पुगेको छ । थप संक्रमित मध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।