
काठमाडौं, २५ वैशाख । कोरोेना भाइरस कोभिढ १९ को संक्रमित नेपालमा २ जना थपिएका छन् ।
स्वस्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षण अनुसार थप २ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार कपिलवस्तुका १६ वर्षीय किशोर र २२ वर्षका अर्का एक युवा संक्रमित भएका हुन् । उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमित संख्या १ सय १ जना पुगेका छन् ।