बैशाख २६, चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिका–२, जुँगुको वडा कार्यालय गैरकानुनी रुपमा सारिएको भन्दै स्थानियबासीले तालाबन्दी गरेका छन् । जनप्रतिनिधिले नै गैरकानुनी रुपमा रातारात कार्यालय सार्न खोजिएपछि स्थानियबासीले बैठकपुस्थितका समेत नियन्त्रणमा लिएर तालाबन्दी गरेका हुन् ।
जनप्रतिनिधिले आफूलाई मात्रै घरपायक पर्ने स्थानमा वडा कार्यालय सार्न रातारात सुचना टाँसेपछि स्थानियबासी आक्रोशित बनेका हुन् । यसअघि ४० वर्षदेखि निरन्तर सेवा प्रदान गरिरहेको कार्यालयबाट गाउँपालिका उपाध्यक्ष उर्मिला थामीको निर्देशनमा एकाएक कार्यालय सारिएको स्थानियबासीको आरोप छ ।
शुक्रबार कार्यालय सार्नको लागि बसेको बैठकमा होहल्ला समेत भएको स्थानियबासीको भनाई छ । हाल रहेको कार्यालय परिसरमै करिब ७ रोपनी जग्गा वडाकार्यालयकै नाममा हुँदा हुँदै करिब ३ सय मिटरको दुरीमा कार्यालय सार्न खोज्नु जनप्रतिनिधिको स्वार्थ लुकेको स्थानियबासीको आरोप छ ।
वडा कार्यालय निर्माणको लागि शुक्रबार उपभोक्ता समिति गठन गर्नको लागि बैठक बोलाइएकोमा स्थानीयले कार्यालय नसार्न सुझाव दिएका थिए । तर, स्थानियबासीको सुझावलाई समेत वडाध्यक्ष बसन्त कार्कीले बेवास्था गरेका थिए ।
यता विवाद बढेपछि दोलाखाका सिडिओ भिमकान्त शर्माले प्रहरी परिचालन गरिसकेका छन् ।
वडाध्यक्ष कार्कीले आफूलाई गाउँपालिका उपाध्यक्ष उर्मिला थामीको निर्देशनमा आफूले वडाकार्यालय सार्ने तयारी गरेको बताउँदै आएका छन् ।