२१ औं वर्षमा नेपाल लाइफ ईन्स्योरेन्स

२१ औं वर्षमा नेपाल लाइफ ईन्स्योरेन्स

काठमाडौं, २१ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पु¥याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनिको दाबी छ ।


कम्पनिले मुलुकले भोगिरहेको विसम परिस्थितिमा अग्रपंतिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, चालकवर्ग, खाद्यान्यलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैलाई उच्च सम्मान प्रकट गरेको छ ।


२१ औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले नेपाल लाईफलाई उचाईमा पुर्याउन भूमिका निभाउन मार्ग निर्देश गर्ने नियमनकारी निकाय, सञ्चालक समितिलाई धन्यवाद दिए ।

उनले कम्पनिलाई नरन्तर विश्वास र भरोसा गर्ने बीमितहरु, अभिकर्ताहरु तथा कम्पनीको कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरे । प्रसाइले आगामी दिनमा सबैको सहयोग सद्भाव र मार्गदर्शनमा कम्पनि र सेवाग्राहीबीच मजबुद सम्बन्ध कायम गर्न लागिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।


समयसापेक्ष नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ ।

करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल यस कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूचकांकले अब्बल सावित भएको छ । कम्पनीमा सर्वाधिक लगानी रु. १११.४७ अर्ब रुपैयाँ रहेको छ भने सर्वाधिक जीवन बीमाकोष रु. १०१ अर्ब २८ करोड रुपैयाँ र सर्वाधिक शेयरधनी कोष रु. ८ अर्ब ८५ करोडभन्दा बढी रहेको छ । कम्पनीको सर्वाधिक चुक्ता पूँजी रु. ७.१९ अर्ब भन्दा माथि रहेको छ भने १ अर्बभन्दा बढि सर्वाधिक बजार पूँजिकरण रहेको छ । यस कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी रु. ११.९८ अर्ब, सर्वाधिक पूर्ण अवधि भुक्तानी रु. ९.७७ अर्ब तथा सर्वाधिक मृत्युदावी रु.३.७३ अर्ब भन्दा बढि भुक्तानी गरिसकेको छ ।

कम्पनीमा १,७६,०४३ भन्दाबढी सर्वाधिक प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल २ सय शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख ८२ हजार ३ सय ४२ व्यक्ति बीमित भइसकेका छन् ।

ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

Trending News