दियोपोस्ट समाचार प्रभाव : ईश्वर पोखरेलको छोरा समलग्न भेन्टिलेटर खरिद प्रक्रिया रद्द !

दियोपोस्ट संवाददाता

काठमाडौं, ६ जेठ । वीर अस्पतालले भेन्टिलेटर र मनिटर खरिद प्रक्रिया ठेक्का मार्फत नै गर्ने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा स्वराज पोखरेलको लगानी रहेको म्याक्सिम ईन्कर्पोरेशन प्रा.लीलाइ चिकित्सा विज्ञान प्रतिष्ठानले भेन्टिलेटर र मनिटर खरिदका लागि प्रक्रिया नै मिचेर ठेक्का दिने निर्णय गरेपछि दियोपोस्ट डटकमले समाचार प्रकाशन गरेको थियो ।

सोही समाचार प्रकाशित भएपछि उपकुलपति डा. डिएन साहले खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन अनुसार नै गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । काठमाडौं महानगरपालिकाले १५ वटा भेन्टिलेटर र ५० वटा मनिटर खरिदका लागि रकम दिने भएको थियो ।

सोही रकम सेटिङमै महानगरपालिकाले पोखरलको पुत्रको नामको कम्पनिलाई ठेक्का दिनुपर्ने अडान राखेको थियो । पोखरेलकै कम्पनिलाई कोटेशनको आधारमा ५ करोड भन्दा बढीको सामग्री खरिद प्रक्रिया अघि बढाउन उपकुलपति साहकै चर्को दबाव थियो । तर, दियोपोस्टले यस विषयमा समाचार प्रकाशन गरेपछि साहले अब ठेक्काबाटै अघि बढौं भन्ने प्रस्ताव गरेपछि त्यही अनुसारको टिप्पणी उठाइएको महानागरपालिकाका एक कर्मचारीले दियोपोस्टलाई बताए ।


बजार मुल्य भन्दा महँगोमा म्याक्सिमलाई नै खरिदको जिम्मा दिइएको भन्दै वीरकै कर्मचारीले समेत चर्को विरोध गरेका थिए । विरोधका बाबजुत पनि खरिद प्रक्रिया अघि बढेपछि समाचारको विषय बनेको थियो ।

अक्सिजन, भेन्टिलेटर र मनिटर अभावमा ५ सय सैप्याको वीर अस्पतालको नयाँ भवन सञ्चालनमा आउन सकेको छैन । तर, सिसिएमसीका प्रमुख नै रहेका उपप्रानमन्त्री ईश्वर पोखरेलले भने महामारीमा समेत कमिशनका आधारमा खरिद प्रक्रियाहरुमा हस्तक्षेप गरेको सार्वजनिक हुँदै आएको छ ।

वीर अस्पतालले भेन्टिलेटर र मनिटर खरिदका लागि ठेक्का खोल्यो (बोलपत्रसहित)

वीर अस्पतालको भेन्टिलेटर खरिदमा मुछिए ईश्वर पोखरेलका छोरा : नयाँ भवन अलपत्र !

सम्बन्धित खबर