सूर्या लाइफ इन्स्योरेन्सलाई ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ बाट तीन बिधामा अवार्ड !

diyopost.com
दियो पोस्ट  सोमबार, बैशाख १९, २०७९ | १८:५०:५२

काठमाडौं । ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफले तीनवटा बिधामा सम्मानित भएको छ । “बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी”, “बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ्ग इन नेपाल इन्स्योरेन्स इन्डस्ट्रि” र “आउटस्ट्यान्डिङ्ग पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्रि अफ नेपाल” आवार्ड हासिल गर्न सफल भएको हो ।

विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था PWC , Indian Institute of Insurance लगायत थुप्रै प्रतिष्ठित संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो । बिमस्टेक मुलुकहरुबाट प्यानलिष्ट भई नेपालबाट प्रतिनिधित्व गरेका सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार खड्काले उक्त अवार्डहरु ग्रहण गरेका थिए ।

नोभोटेल होटल, कलकत्ता, भारतमा एक भव्य समारोहका बीच आयोजना गरिएको उक्त कार्यक्रममा खड्काले आफ्नो मन्तव्यमा नेपालमा बीमाको वर्तमान अवस्था र महत्वका, साथै बीमा क्षेत्रकै नियमनकारी निकाय बीमा समितिद्वारा निभाईएका अहम भुमिका र कदमहरुका बारेमा बिस्तृत रुपमा प्रष्ट्याएका थिए । नेपालमा डिजिटल टेक्नोलोजी र आर्टिफिसिल इन्टेलिजेन्सको बीमा क्षेत्रमा रहेको आवश्यक्ता र अवस्था बारेमा प्रस्ट प्रष्ट पारेका थिए ।
साथै बीमालाई प्रविधिमैत्री बनाई बीमाको पहुँच देशका दुरदराजसम्म पुर्याउन र आमजनतालाई सेवाको सहज उपयोग गर्न प्रविधिले भूमिका खेल्ने उनको जिकिर थियो ।

 

सम्बन्धित खबर