एमबिबिएस डाक्टरको अन्तिम वर्षको पढाई छोडेर माओवादी बनेका सुवेदी पालिका अध्यक्ष निर्वाचित !

diyopost.com
दियो पोस्ट  आइतबार, जेठ ०१, २०७९ | ७:५५:०२

दैलेख । दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका छवि सुवेदी विजयी भएका छन् ।
सुवेदीले नेपाली कांग्रेसका प्रदेश सभापति एवं निवर्तमान गाउँपालिकाका अध्यक्ष भदे बुढा मगर ८ सय मतान्तरले पछि पार्दै विजय भएका हुन् ।

सुवेदीले ३ हजार २०० मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले २ हजार ५४४ मत प्राप्त गरे । नेकपा एमालेका शशिराम विकले १ हजार ९२० मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार गगनबहादुर शाही विजयी भएका छन् । उनले २ हजार ८३४ मत प्राप्त गरेका छन् । कांग्रेसको तर्फबाट उपाध्यक्ष अमृता सिंहले २ हजार ४०५ मत प्राप्त गरेकी छन्, नेकपा एमालेका रिता चन्दले १ हजार ९१८ मत प्राप्त गरेकी छिन्।

उपाध्यक्ष पदमा विजयी शाही नेपाली काँग्रेसको गाउँपालिका सभापति पद छोडेर एकीकृत समाजवादीबाट गाउँपालिका उपाध्यक्ष पदमा उठेका थिए ।
अध्यक्ष विजयी भएका सुवेदी नेकपा माओवादी केन्द्र निकट बुद्धिजिवी संगठनको कर्णाली प्रदेश अध्यक्ष हुन् । एमबीबीएस डक्टरको अन्तिम वर्षको तयारी चल्दै गर्दा माओवादी युद्धमा होमिएका सुवेदी निकै सादगी छन् ।

नौमुलेमा कांग्रेस र नेकपा एमाले एक्ला एक्लै निर्वाचनमा होमिएका थिए भने माओवादी केन्द्र, र एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट असन्तुष्ट गंगबहादुर शाहीको गठबन्धन थियो।

सम्बन्धित खबर