काठमाडौं । सरकारले निजामती कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९–८० को बजेट पेस गर्दै तलब वृद्धिको घोषणा गरेका हुन् । अर्थमन्त्री शर्माले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् ।
निर्णयअनुसार निजामति कर्मचारीको तलव वृद्धिपछि सुरु स्केल यसप्रकार छ, यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ।
कसकाे कित पुग्याे ?
मुख्यसचिबको ६७ हजार १४० बाट १५ प्रतिशत बढेर ७७ हजार २११ पुर्याएको छ । त्यस्तै ६२ हजार ६८० रहेको तलब ७२ हजार ८२ रुपैया पुगेको छ । सहसचिवको ५९ हजार ३८० रहेकोे तलब ५६ हजार ७८७ पुर्याएको छ । त्यस्तै उपसचिवको ४२ हजार ३८० बाट ४८ हजार ७३७ पुगेको छ । अधिकृतको ३७ हजार ९९० रहेको तलब ४३ हजार ६८९ पुगेको छ ।
त्यस्तै सुब्बाको तलब ३० हजार २०० थियो भने यो तलबमा १५ प्रतिशतले बढेर ३४ हजार ७३० पुगेको छ । भने खरिदारको २९ हजार ६१० रहेको तलबबाट ३२ हजार ९०२ पुगेको छ । त्यस्तै कार्यलय सहयोगीको तलब २४ हजार १० बाट २७ हजार ६१२ पुगेको छ ।