छुट्टाछुट्टै ठाउँबाट लावारिस अवस्थामा ४ जनाको शव फेला

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा लावारिस अवस्थामा ४ जनाको शव फेला परेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोठली बस्ने ८२ वर्षीय मित्रलाल उपाध्याय आफ्नै कोठामा शनिबार मृत अवस्थामा शव फेला परेका छ।

यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ शुक्रपथस्थित घरको पेटीमा एक जनाको लावारिस अवस्थामा शनिबार मृत अवस्थाम शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष रहेका छन् ।

साथै पर्वतको बिहादी गाउँपालिका–६ दलबिरेस्थित सेतिखोलामा एक जनाको लावारिस अवस्थामा शनिबार शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन, उमेर नखुलेका पुरुष रहेका छन् ।

यसैसाथ गोरखाको सिरानचोक गाउँपालिका–६ स्थित दरौदी खोलाको किनारमा शनिबार एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा गोरखा सिरानचोक गाउँपालिका–६ चिलाउने गाउँ बस्ने ६६ वर्षीय पुर्ण बहादुर पुलामी रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।