संखुवासभा । संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २१ पुगेको छ । बाढीले बगाउँदा पाँचखपन–९ का सन्तोष राईको मृत्यु भएको छ ।
बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर होवा हाइड्रोपावरका १८ जना सम्पर्कबाहिर छन् । सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता भएका छन् । आइतबार बिहान सुपर होवा हाइड्रोपावरका २ जना प्रहरीको सम्पर्कमा आएको स्रोतले जनाएको छ ।
चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो ।