लावारिस अवस्थामा २ जनाको शव फेला

दियो पोस्ट  

काठमाडौं । लावारिस अवस्थामा २ जनाको शव फेला परेको छ । बाँकेको नेपालगंज उपमहानगरपालिका–१४ भवानियापुर बस्ने ५० वर्षीय गोपाल बाल्मिकी मृत अवस्थामा फेला परेको छ । उनको आफ्नै घरमा सोमबार लावारिस अवस्थामा शव फेला परेका हो।

यसैगरी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ हनुमन्ते पुल नजिक टहरोमा एक जना मृत अवस्था फेला परेको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने रामेछाप मन्थली नगरपालिका–१४ फुलासी पोखरी घर भएका ६० वर्षीय मान बहादुर तामाङ रहेका छन् । उनको सोमबार लावारिस अवस्थामा शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।