काठमाडौं । पर्वतारोहण संघलाई मानव तस्करीको थलो बनाउने एक व्यक्तिले विदेशबाटै धम्की दिएका छन् ।
संघको केन्द्रीय कार्यसमितिमा निर्वाचित भएपछि आफ्नो पदीय दुरुपयोग गर्दै क्यानडामा लक्न सफल भएका रामचन्द्र धमलाले दियोपोस्ट कर्मीलाई समाचार हटाउन धम्की दिएका हुन् । दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई क्यानडाबाटै उनले धम्कीपूर्ण सन्देश पठाएका छन् ।
‘हामीले प्रतिवाद गर्नेकी समाचार हटाउने ?’ उनको ठाडो सन्देशमा भनिएको छ ।
गत निर्वाचनमा संघको केन्द्रीय कार्यासमितिमा निर्वाचित धमलाले आफ्नो पद र शक्तिको दुरुपयोग गर्दै निर्वाचित भएको संघ पर्वतारोहण संघकै बेइज्जत हुने गरि क्यानडा लुकेका छन् ।
उनी सहित क्यानडा लुक्नेहरुबारे दियोपोस्ट डटकमले खबर छापेको थियो । सोही खबरको विषयमा उनले आफू लुकेको स्थानबाटै समाचार हटाउन धम्की दिएका हुन् ।