प्राध्यापक चलाउनेको रिट न्यायाधीश शर्माको इजलासमा पेसी

दियो पोस्ट  

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रेम चलाउनेले आफूलाई कुटपिट गर्नेहरुमाथि जिल्ला अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने निर्णय विरुद्ध दायर गरेको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा पेसी तोकिएको छ।

चलाउनेले जिल्ला अदालत काठमाडौंमा रहेको ज्यान मार्ने उद्योगको मुद्दा सरकारले फिर्ताका लागि निवेदन दिएपछि न्याय माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले चलाउनेमाथि आक्रमण गरेका थिए। उक्त आक्रमणमाथि अनुसन्धान गर्दै सरकारले जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको थियो।

उक्त मुद्दा असार ५ गते फैसलाका लागि पेसी तोकिएको थियो। तर सरकारले त्यसको अघिल्लो दिन मुद्दा फिर्ताका लागि निवेदन दिएपछि सुनुवाइ नै भएन। न्यायाधीशले इजलासमा हैन फाँटमा निवेदन पेस गर्ने भनेपछि सुनुवाइ रोकिएको थियो। अर्को सुनुवाइमा मुद्दा फिर्ता हुने भएपछि त्यसलाई रोक्न माग गर्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

सिफारिस